

चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका(२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।
तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिनुभयो । “आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ”, बास्तोलाले भन्नुभयो, “चितवनबाट व्यावसायिक रुपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो ।” उहाँका अनुसार रु तीन लाख बराबरको माला निर्यात भएको छ ।
उहाँले अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताउनुभयो । “अहिले हङकङ निर्यात गरेका छौँ”, उहाँले भन्नुभयो, “विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।”
विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताउनुभयो । “हामीले गत वर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौँ । माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ”, उहाँले भन्नुभयो, “चितवनमा फूल खेतीको सम्भावना राम्रो छ ।”
तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गर्नुभएको छ । फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उहाँहरुको अनुमान छ । यसबाट रु १५ लाख आम्दानी हुने अमितले बताउनुभयो । बजार भए भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उहाँको भनाइ छ । “अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ”, उहाँले भन्नुभयो, “फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ ।” उहाँहरुले फूल खेती सुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि फूल खेती सुरु गर्नुभएका तीन दाजुभाइले जग्गा भाडामा लिएर खेती गर्नुभएको हो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७