

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकार हुनसक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको हो ।
दशैँअघिदेखि नै निकुञ्जले सुरक्षामा कडाइ गरेको हो । तिहार, छठजस्ता पर्वको समयमा समेत सुरक्षामा कडाइ गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनुभयो । निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ । तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
निकुञ्जको ६७ वटा सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । ुत्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँु उहाँले भन्नुभयो, ुकार्यालयमा अन्य कर्मचारी पनि आलोपालो गरी बिदामा जाने गरी व्यवस्था मिलाइएको छ ।ु
निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डुङ्गालगायत नियमित गस्ती गर्ने गरिन्छ । यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ । यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७