

काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने छ ।
यमनसँगको खेलअघि नेपालले यूएईसँग उसकै घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ । यो खेल कात्तिक ३० गते हुने छ ।
यो समूहमा बहराइन पनि छ । बहराइन र नेपालबीचको पहिलो लेग भने आउँदो मार्च २१ मा दशरथ रंगशालामा नै हुने छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेससँगको सल्लाहमा नेपालाई फाइदा हुने गरी यमनसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
विश्वकप छनोटकालागि एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइरहेका छन् । जसबाट २३ सदस्य छानिने छ ।
शाहका अनुसार खेलका लागि टिकटको मुल्य साधारणा प्यारापिटतर्फ ४०० र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।
दोस्रो चरणको सम्पूर्ण खेलको कमर्सियल एन्ड मिडिया राइट सिगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको एन्फाले जनाएको छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७