

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तानले अस्ट्रेलियाको सामना गर्दैछ।
जारी विश्वकपको सेमिफाइनल पुग्ने टिमको टुंगो लगाउनका लागि यो खेल महत्वपूर्ण रहेको छ। दिउँसो सवा २ बजे मुम्बईको वाङ्खडे रंगशालामा सुरु हुने खेलमा तेस्रो स्थानको अस्ट्रेलियाले छैटौं स्थानको अफगानिस्तानसँग खेल्नेछ।
आजको खेलमा अस्ट्रेलियाले जित गर्दा गरे उसको सेमिफाइनल पुग्नेछ। अफगानिस्तानको भने सेमिफाइनल सम्भावना अत्यन्तै न्यून हुनेछ। चौथो स्थानमा नै भएको न्युजिल्यान्ड र अफगानिस्तानको समान आठ अंक छ। तर कम नेट रनरेटका आधारमा अफगानिस्तान छैटौं स्थानमा छ।
अब उसले अस्ट्रेलिया र दक्षिण अफ्रिकाको सामना गर्नु पर्नेछ। त्यसैले अफगानिस्तानले जित दर्ता गर्नुको विकल्प छैन।
यता अस्ट्रेलियाले अब अफगानिस्तान र बंगलादेशसँग मात्र खेल्न बाँकी छ। त्यसैले पाँच पटकको विश्व च्याम्पियन्सका लागि सेमिफाइनल यात्रा केही सहज छ। तर अफगानिस्तानले अस्ट्रेलियालाई हराउन सके उसको लागि ऐतिहासिक सावित हुनेछ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७