

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने १२ को स्थिर रह्यो ।
सोमबार कारोबार खुलेदेखि नै बजार बढेको हो । दिनभर कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस दिन होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.७३ प्रतिशत बढ्यो । नेपालमा पर्यटकको संख्या बढेकाले होटलहरुको वित्तीय विवरण राम्रो आउने आशमा लगानीकर्ता यस क्षेत्रमा आकर्षित देखिएका छन् । होटलमा पनि सोल्टीको मूल्य प्रतिशत बढ्यो भने सिटी होटलको ५.६, ओरियन्टल होटलको ३.८८ प्रतिशत मूल्य बढ्यो ।
होटलका अलवा अरु सबै क्षेत्रका उपसमूह बढेका छन् । बैंकिङ ६, विकास बैंक ४२, फाइनान्स १३, होटल तथा पर्यटन १८१, जलविद्युत् २५, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ६६, लघुवित्त ९, निर्जीवन बीमा २२१, अन्य २६ र ब्यापार उपसमूह ६९ अंक बढे ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७