TRENDING

टी–२० विश्वकप छनोट ः उपाधिका लागि नेपाल र ओमान खेल्दै

काठमाडौ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आइतबार ओमानसँग खेल्दैछ। खेल आइतबार बिहान ११ बजे, काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान पक्का गरेका छन्। नेपालले संयुक्त अरब ईमिरेट्स ९यूएई०लाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। यस्तै, ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।

नेपालले समूह चरणमा ओमानसँग ५ रनले पराजित भएको थियो।