TRENDING

न्युजिल्याण्ड दक्षिण अफ्रिकासँग १९० रनको फराकिलो अन्तरले पराजित

काठमाडौ । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग न्युजिल्याण्ड १९० रनको फराकिलो अन्तरले हारेको छ । भारतको पुनेमा भएको खेल जित्न दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको थियो ।

जवाफमा ३५।३ ओभरमा १६७ रन बनाउँदा न्युजिल्याण्ड अलआउट भयो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । विग योङले ३३ र डेरल मिचेलले २४ रन बनाउनुबाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

यसअघि टस जितेको न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दियो ।

उसको निर्णय तब गलत लाग्न थाल्यो, जब क्विन्टन डी कक र रासी भानडेर डुसनले दोस्रो विकेटका लागि २०० रनको साझेदारी गरे । दुवैले शतक बनाए । रासी भानडेरले १३३ र डिकलले ११४ रन बनाए ।

डेभिड मिलर, हेनरिक क्लासन र एडिन मार्करमले तीव्र गतिमा रन जोडे । मिलरले ३० बलमा ५३ रन बनाएपछि दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनायो ।