

मानिसले सेवन गर्ने आहारका सम्बन्धमा विभिन्न खोज र अनुसन्धान भएका छन् । मानिसले खान हुने र नहुने खाद्यपदार्थ, त्यसका प्रकार, सबै किसिमका खाद्यपदार्थका गुण, अवगुण, पौष्टिक मात्रा, पाचन प्रक्रिया, अवशोषण र निष्काशनसम्म सबै तथ्यहरूको खोज तथा अनुसन्धानले गर्दा मानिसले आफूले चाहे अनुसार र आफ्नो स्वास्थ्यलाई ख्याल राख्दै खाना खान सक्ने भएको छ ।
हाम्रो देशमा विभिन्न हावापानी र कृषि उब्जनी अनुसार विभिन्न स्थानका बासिन्दाहरूले नियमित खाने खानाको प्रकार फरक खालको पाइन्छ भने हाम्रा विभिन्न चाडबाडहरूमा नेपाली संस्कृति अनुसार खाना खाने प्रचलन फरक–फरक रहेको पाइन्छ । वर्षका सबैभन्दा ठूला नेपाली चाडपर्वहरूमध्ये दशैं र तिहार मुख्य चाडबाड हुन् भने धार्मिक र सांस्कृतिक प्रचलन अनुसार अन्य चाडपर्व पनि फरक फरक तरिकाले मनाउने गरिन्छ ।
नेपाली चलन अनुसार दशैंलाई बडादशैं समेत भनिन्छ जुन भर्खरै मनाइएको छ र यो पर्वमा शक्तिकी देवी दुर्गाले असुर शक्तिलाई रौद्ररूप देखाई संहार गरेर परास्त गरेपछि विजय उत्सवको रूपमा मनाउने चलन छ ।
भयङ्कर स्वरूपकी दुर्गा देवीलाई नारीशक्तिको सामर्थ्यका रूपमा समेत हेर्ने गरिन्छ । त्यसकारण यस पर्वमा विशेष गरी दुर्गादेवीका मठ र मन्दिरहरूमा देवीलाई खुसी पार्न भनेर पशुबलि समेत दिने गरिन्छ ।
पशुबलि दिनु कति हदसम्म राम्रो हो वा होइन, दुर्गादेवीले पशु हत्यालाई मन पराउँछिन् कि पराउँदिनन्, उनले पशुबलिबाट दिइएको रगत खाने गर्छिन् वा गर्दिनन् र पशु अधिकारको संरक्षण कसरी गर्ने भन्ने छुट्टै विषयको बहस बन्ला तर यहाँ दशैंमा बलि चढाएर वा नचढाएरै वा नियमित रूपमा मासु खानु कति उचित छ वा छैन भन्ने सन्दर्भमा विश्लेषण गरी यो आलेख तयार गरिएको छ ।
स्वास्थ्यबाट थप समाचार
सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७