TRENDING

पटक पटकका भूकम्पले बाजुराका ७ हजार १३० घरमा क्षति

बाजुरा । पछिल्लो समयमा पटक पटक गइरहेका भूकम्पले बाजुराका ७ हजार १३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । पटक पटक भूकम्प गइरहने भएकाले सुदूरपश्चिमका बासिन्दा त्रसित बन्दै आएका छन् ।

बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६।३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ  ।
भूकम्पले बाजुरामा १ हजार ३८३ घर पूर्ण रुपमा क्षति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७१८ जोखिम गरेर ७ हजार १ सय ३० घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

खप्तडछेडेदह गाउँपालिकामा मात्रै ९८९ घर पूर्ण रुपले क्षति भएको प्रशासनले जनाएको छ ।