TRENDING
होमपेज
काठमाडौँमा लुटपाट गरेको आरोपमा ३ जना पक्राउ


काठमाडौँ । काठमाडौँको माछापोखरी स्थित ‘रोयल लाउन्ज एण्ड बार’मा दुई जना भारतीय नागरिकलाई लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित किङ्स अकबरे ममः रेष्टुरेन्टका सञ्चालक नुवाकोट घर भएका २७ वर्षीय उमेश लामा सहित ३ जना छन् ।
आरोपितहरूले काठमाडौँ महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटेलबाट भारतीय नागरिकलाई ‘सस्तोमा ग्रिन टी मिलाइदिन्छौ’ भनेर ट्याक्सीमा राखेर माछापोखरीमा लगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारतीय नागरिकहरू ९ कात्तिकबाट वाल्डो होटेलमा बस्दै आएका थिए ।
६ जनाको समूहले ट्याक्सीमा राखेर माछापोखरीमा लगेपछि कुटपिट गरेर ४९ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ ट्रान्सफर गर्न लगाएको पीडितको आरोप छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७