

ताप्लेजुङ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पुनर्गठनका सम्बन्धमा विवाद उत्पन्न भएको छ । पुनर्गठनका सम्बन्धमा भएका निर्वाचन पक्षपाती र आचारसंहिता विपरीत भएको भन्दै तेञ्जिङ वालुङको एक समूहले असन्तुष्टि जनाएको छ ।
पुनर्गठनका कार्यक्रमबारे उपभोक्तालाई समयमा सूचना नदिएको, उम्मेदवारलाई पत्तै नदिएर निर्वाचन गराएको लगायत आरोप सहित उक्त समूहले असन्तुष्टि जनाएको हो । संरक्षण क्षेत्रअन्तर्गत मानिवुङ र देउराली उपभोक्ता समूहमा आचारसंहिता विपरीत निर्वाचन गराएको र सेकाथुम आमा समूहको उम्मेदवारलाई थाहा नदिइ निर्वाचन गराइएको साथै उपभोक्ताको चाहाना विपरीत पुनर्गठनका कार्यक्रम स्थगित गरिएको वालुङले बताउनुभयो ।
संरक्षण अधिकृत गणेश तिवारी सम्मिलित निर्वाचनमा नै निष्पक्षता नभएको र आचारसंहिता विपरीतका गतिविधि भएको वालुङको आरोप छ । “केही समूहमा भएको निर्वाचन स्वतन्त्र, निष्पक्ष नभएको र आचारसंहिताको समेत पालना नभएको पाइएपछि गुनासो राख्यौँ, निवेदन समेत दियौँ तर कुनै कारवाही भएन, कर्मचारीले एक पक्षीय रुपमा काम गरेका छन्, यस सम्बन्धमा कानूनी उपचार खोज्छौँ”, वालुङले भन्नुभयो ।
यस्तै आचारसंहिता बनाएर नदेखाएको, नियम विपरीत तीन आमा समूह थपिएको र वन उपभोक्ता समूहलाई गठनको मुखैमा आएर हटाएको समेत वालुङको आरोप छ । आफूले दिएको निवेदनलाई बेवास्ता गरेर यही पुस २४ गते लालिगुराँस उपभोक्ता समिति गठन गरेर २५ गते अचानक स्थगित गरेको उहाँले बताउनुभयो ।
संरक्षण क्षेत्र कार्यालयले भने निर्वाचनका लागि वातावरण प्रतिकूल बनेकाले स्थगित गर्नुपरेको जनाएको छ । उपभोक्ता विभिन्न समूहमा विभाजित भएका, संरक्षण क्षेत्र भन्दा बाहिरका मानिस प्रवेश गरेर शान्ति भङ्ग गर्ने कार्य गरेको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुखबाट समेत तत्काल रोक्नु भनेर निर्देशन भएकाले स्थगित गरिएको सूचनामा उल्लेख छ ।
प्रदेश १बाट थप समाचार
प्रदेश नं १ सभाको बैठक बस्दै
जलेश्वर अस्पतालमा प्रसूति सेवा बन्द
इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
नगरप्रमुख साम्पाङद्वारा श्रमदान
आजको मौसम: प्रदेशका अधिकांश स्थानमा वर्षको सम्भावना
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७