TRENDING
होमपेज
एसीसी प्रिमियर कप ः साउदी अरबलाई नेपालले दियो ३४८ रनको विशाल लक्ष्य


काठमाण्डौ । अर्जुन कुमालको शानदार शतकसँगै नेपालले १९ वर्ष मुनिको एसीसी प्रिमियर कपमा साउदी अरबलाई ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनायो । नेपालका अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय पारी खेले।
यस्तै, आकाश त्रिपाठीले ८९ रन बनाए । दीपक बोहराले २९, बिशाल बिक्रम केसीले २४, दिपेश कडेल र दिपकप्रसाद डुम्रेले १४–१४ रन बनाए भने मिलन बोहराले ९ रन जोडे । साउदी अरबका मोहम्मद अहमद र अहमद राजाले दुई–दुई विकेट लिए भने अब्दुल्लाह शिराज, जुहैर मोहम्मद र शजिव मुजिबुर रहमानले एक एक विकेट लिए ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
फाल्गुन २८, २०८१
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
फाल्गुन २०, २०८१
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
फाल्गुन १५, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७