

काठमाडौं । त्रिकोणात्मक टी – २० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी – २० क्रिकेट शृंखला कात्तिक १ गतेदेखि सुरु हुनेछ र प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ ।
आयोजक क्यानका अनुसार सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्नेछन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।
कात्तिक १३ गतेदेखि काठमाडौंमै हुने आईसीसी टी – २० विश्वकप एसिया छनोटको तयारीस्वरुप क्यानले यो सिरिज गर्न लागेको हो ।
नेपालले पहिलो खेल कात्तिक १ गते यूएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुनेछ ।
कात्तिक ४ गते फूलपातीका दिन नेपाल हङकङबीचको दोस्रो खेल हुनेछ भने कात्तिक ६ गते नवमीका दिन यूएई र नेपालको खेल हुनेछ । फाइनल खेल भने १० गते हुनेछ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७