

इजरायल । दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किबुज अलुमिनमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पठाउन केही दिन लाग्ने भएको छ ।
इजरायल आफैं युद्धरत रहेकाले शव व्यवस्थापनलाई प्राथमिकता दिएको छैन । असोज २० मा किबुज अलुमिन प्रवेश गरी हमास लडाकुले अन्धाधुन्ध गोली र ग्रिनेड प्रहार गर्दा १० नेपाली मारिएका थिए । चार जना घाइते छन् भने एकको अवस्था अज्ञात छ ।
इजरायलमा ठूलो संख्यामा हताहती भएकाले शव पहिचान र व्यवस्थापन चुनौती छ । इजरायली अधिकारीका अनुसार शवलाई प्लास्टिकमा सिलबन्दी गरी ट्रकको फ्रिजमा राखिएको छ । ‘१३ सय शवको पहिचान भइसकेको छैन, जसमा विदेशी नागरिक पनि छन्,’ स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन्, ‘सबै नागरिकको पहिचान गर्न समय लाग्नेछ । डीएनए, फिंगरप्रिन्ट र दाँत हेरी पहिचान गरिनेछ ।’ इजरायलमा विदेशीसहित सबैको फिंगरप्रिन्ट राखिन्छ ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले नेपाली मारिएको खबर पाएलगत्तै उचित ढंगले शव व्यवस्थापन गर्न इजरायली पक्षसँग समन्वय गरिएको बताइन् । ‘घटनास्थलबाट नेपालीको शव संकलन गर्ने बेला नै हामीले राहदानीको कपी पठाइदिएका छौं,’ उनले भनिन्, ‘शवलाई क्षेत्रगत हिसाबले अलगअलग रूपमा छुट्याएर राखिएको छ ।’
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७