

काठमाण्डौ । आज अक्टोबर १५ तारिख विश्व हात धुने दिवस । ‘हाम्रो हात, हाम्रो भविष्य’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ ।
सन् २००८ पछि विश्वभर हरेक वर्ष अक्टोबर १५ तारिखमा यो दिवस मनाइन्छ । साबुन पानीले राम्रोसँग हात धुने बानीले धेरैजसो रोगबाट बच्न सकिन्छ ।
विभिन्न अध्ययनहरूले साबुन पानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य देखाएका छन् ।
डाक्टरका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको दिसा धोएपछि, हात फोहर भएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनु अगाडि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुन पानीले नियमित हात धुने बानी विकास गर्नुपर्दछ ।
डाक्टरका अनुसार साबुन पानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउन सकिन्छ ।
स्वास्थ्यबाट थप समाचार
सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७