

काठमाण्डौ । एसीसी १९ वर्षमुनिको प्रिमियर कपमा इरानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ । नेपालले इरानलाई २ सय ७४ रनको फराकिलो अन्तरले हरायो ।
जितका लागि नेपालले दिएको ३ सय ५४ रनको लक्ष्य पछ्याएको इरान ३० ओभर ५ बलमा ७९ रनमा अलआउट भयो । उसका आमेर खोर्सन्दले सर्वाधिक ३७ रन बनाए । अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका दिपेश कँडेल र सुवास भण्डारीले समान ३र३ विकेट लिए । यस्तै हेमन्त धामी र आकाश चन्दले समान २र२ विकेट लिए ।
त्यसअघि मलेसियाको बाङ्गीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४० ओभर १ बलमा ३ सय ५३ रनमा अलआउट भएको थियो । नेपालका कप्तान देव खनालले शतक बनाए । उनी ६० बलमा १०० रन बनाएर आउट भए । देव नेपालबाट १९ वर्षमुनिको क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । यस्तै दीपकप्रसाद डुम्रेले ६९ तथा दीपक बोहोराले ६५ रन जोडे । इरानका सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३र३ विकेट लिए ।
मलेसियामा आज बिहीवारदेखि शुरु भएको प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोली सहभागी छन् । १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । शीर्ष ३ वटा टोलीले आउँदो डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्षमुनिको एसिया कप खेल्न पाउनेछन् । भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का भने एसिया कपमा सोझै छनोट भएका छन् ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७