

काठमाडौं । लगातार ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा बुधबार सामान्य सुधार भएको छ । गत बिहीबारदेखि मंगलबारसम्म लगातार ४ कारोबार दिन नेप्सेमा गिरावट भएको थियो । गत बिहीबार नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएर व्यक्तिलाई १५ करोड र संस्थालाई २० करोड बनाएको थियो ।
गत बिहीबार नै घटेको नेप्से आइतबारदेखि मंगलबारसम्म नै लगातार घट्यो । बुधबार भने ५.१६ अंकको सामान्य वृद्धि भएर १९९४.७६ को विन्दुमा बन्द भएको छ ।
बुधबार उत्पादनमूलक, निर्जीवन बीमा र व्यापार बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । उत्पादनमूलक र व्यापार उपसूचक ०.१३ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले गिरावट भएको छ ।
होटल तथा पर्यटन उपसूचक १.८० प्रतिशतले वृद्धि हुँदा म्युचुअल फन्ड उपसूचक १.०७ प्रतिशतले बढेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७