

काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दसैँ मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमा सरकारलाई प्रश्न गरेका हुन् ।
उनले चाडपर्व नजिएसँगै जनताले दसैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको बताए । उनले महँगी नियन्त्रण गर्न मागसमेत गरे ।
उनले बजारमा एक बोरा चामललाई तीन हजार र दाल किलोको २५० रुपैयाँ पुगेको बताए । सांसद पन्तले सरकारले दसैँ पेस्कीको रूपमा जनतालाई महँगी दिएको भन्दै कवितामार्फत व्यंग्य गरे ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दसैंमा घर जाने विद्यार्थीको लागि सरकारी र संस्थानका सवारीको प्रयोग गर्ने प्रवन्ध मिलाउन सरकारसँग माग गरे । उनले सरकारले गत आर्थिक वर्षमा लगाएका ठेक्का सम्झौता भएर चालु अवस्थामा रहेका परियोजनाको भुक्तानी गर्न आग्रह गरे ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७