

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई नेपाल पत्रकार महासङ्घ काठमाडौँले श्रमजीवी पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि आज १६ बुँदे माग राखेर ध्यानाकर्षण गराएको छ । शाखाका अध्यक्ष शन्तराम बिंडारीको नेतृत्वमा पत्रकारले सिंहदरबारमा मन्त्री गुरुङलाई भेटी कोभिडपछि पत्रकारिता क्षेत्रमा आएको चुनौती, ससाना लगानीमा सञ्चालित सञ्चारमाध्यमलाई संरक्षण, उपचार कोष वृद्धि, सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा कर्मचारीलाई स्थायी हुनका लागि लिइने सेवा आयोगका परीक्षामा उमेर हद लगाउन नहुनेलगायत माग गरेका छन् ।
ध्यानाकर्षणपत्र बुझेपछि सरकारका प्रवक्ता गुरुङले पत्रकारिता क्षेत्र मर्यादित तथा व्यवस्थित बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै सञ्चारकर्मीले आचारसंहिता कार्यान्वयन गरी जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले पत्रकार तथा सञ्चार क्षेत्रका समस्या समाधानका लागि आफू लागि पर्ने आश्वासन पनि दिनुभयो ।
अध्यक्ष बिंडारीले मन्त्रालयले हालै जिल्लाबाट प्रेस प्रतिनिधि परिचयपत्र, प्रदेशबाट अनलाइन दर्ता तथा म्याद थपको व्यवस्था मिलाएकामा सराहना गर्दै १६ बँुदे माग तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७