

काठमाडौँ । दसैंको घटस्थापना आउन अब १२ दिन बाँकी छ । यही बेला चिनीको खपत पनि अत्यधिक बढ्छ । तिहार र छठमा यसको माग झन् बढी हुन्छ । बजारको यही मागलाई दृष्टिगत गरी व्यवसायीले कृत्रिम अभाव बनाएर महँगोमा बिक्री गरिरहेका छन् ।
चिनी अभावको बहाना बनाउँदै उत्पादन, होलसेलदेखि खुद्रा व्यापारीले मूल्यवृद्धि गरेका हुन् । सरकारी गोदाम रित्तै हुँदा बजारमा व्यवसायीले मूल्यमा मनोमानी गरिरहेका हुन् ।
कतिपय होलसेलमा चिनी नरहेको खुद्रा व्यापार संघका कोषाध्यक्ष वसन्त श्रेष्ठ बताउँछन् । केही दिनअघि होलसेलमा प्रतिकिलो १ सय २२ रुपैयाँमा उपलब्ध चिनी अहिले बजारमा छैन । ‘बजारको पछिल्लो अवस्था हेर्दा चिनीको भाउ पनि छैन । होलसेल व्यवसायीले नै चिनी नभएको बताइरहेका छन्,’ उनले भने, ‘केही दिनअघि एक होलसेलले १ सय २२ रुपैयाँमा किन्न भनेका थिए, त्यसको दुई दिनमा त्यही चिनी पनि मैले पाइनँ ।’ भाटभटेनीले प्रतिकिलो १ सय ९ रुपैयाँमा बिक्री गरेकाले होलसेलबाट १ सय २२ मा खरिद नगरेको उनले सुनाए ।
‘बजारमा चिनी आक्कलझुक्कल मात्रै पाइएको छ, मूल्य पनि मनोमानी छ । म आफैं व्यापारी भए पनि बिगमार्टबाट प्रतिकिलो १ सय २५ रुपैयाँमा किनेको पनि छु । खुद्रामा १ सय ३५ रुपैयाँसम्ममा बिक्री भएको जानकारी पाएको छु,’ उनले भने, ‘दसैं–तिहारका लागि चिनी उपलब्ध हुनेरनहुने विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई हामीले ध्यानाकर्षण गराएका छौं, विभागमा छलफल गर्दा दसैंसम्म चिनी आइपुग्ने आश्वासन पाएका छौं ।’
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७