

काठमाण्डौ । यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो ।
तर, यसमा एक दुई दिन थपघट हुने मौसमविद्ले बताउँदै आएका छन् । यसपालि मनसुन बाहिरिने समयमा फेरि सक्रिय भएको छ । यसले गर्दा देशभरको मौसम बदली भएको छ ।
अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिनभरी पानी पर्ने र रोकिने क्रम चलिरहने छ । दिनभरजसो बादल लाग्ने छ । अबको दुईरतीन दिनसम्मकैे मौसम यस्तै रहने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
ठूलो वर्षा भएका क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । मौसमविद्का अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको हो।
मुख्य समाचारबाट थप समाचार
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७