

काठमाडौँ । एमाले वाग्मती प्रदेश अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी भएका छन् । उनी कृष्ण दाहाललाई हराउँदै प्रदेश अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा विजयी ढुंगेलले ६९६ मत प्राप्त गरे । त्यस्तै दाहालले ४३९ मत प्राप्त गरे ।
पहिलो प्रदेश अधिवेशनमा सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्य चयनको पहल भए पनि अन्तिममा शुक्रबार निर्वाचन भएको थियो । मतदानमा ११ सय ३५ मत खसेको थियो ।
अध्यक्षमा निर्वाचित ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंर पोखरेलनिकट मानिन्छन् । त्यस्तै उपाध्यक्षमा ढुंगेल समूहकै दावा दोर्जे लामा विजयी भए । उनले ६१५ मत प्राप्त गरे । उपाध्यक्षको प्रतिस्पर्धामा ईश्वरचन्द्र पोखरेल, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरीसमेत थिए ।
त्यस्तै प्रदेश सचिवमा नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका नवराज सिलवाल विजयी भएका छन् । सिलवाल १ मतको अन्तरले प्रदेश सचिवमा विजयी भएका हुन् । सिलवालले ५६८ मत ल्याउँदा सचिवकै अर्का प्रत्याशी हस्त पण्डितले भने ५६७ मत प्राप्त गरेका छन् । त्यस्तै खुला उपसचिवकमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित भएका छन् ।
मुख्य समाचारबाट थप समाचार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७