

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, अहिलेको मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकारात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखे ।
सञ्चालन गर्न लागेको कार्यक्रम जनताको बीचमा पार्टीको विचार र धारणाहरू पुर्याउने उद्देश्यले गर्न लागेको बताए । ‘अहिले सञ्चालन गर्न लागेको कार्यक्रम हाम्रो पार्टीले आफ्नो संगठनको प्रयोग गरेर देश व्यापी रूपमा जनताको बीचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको हो,’ उनले भने, ‘जनताको माझमा आफ्नो विचार र धारणाहरू पुर्याउने उद्देश्यले जनतामा एउटा विश्वास सिर्जना गर्ने र पार्टी समस्याहरूको बारेमा सही बुझाई छ र समाधानको पनि प्रस्ट सोच रहेको छ भन्ने धारणा बनाएर अगाडि बढेका छौँ ।’
उनले पार्टीले थालेको अभियानको उद्देश्य सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणकासाथ शोषण, उत्पीडन, अत्याचार जस्ता विकृतिबाट मुक्त समाजलाई सभ्य बनाउनु रहेको पनि बताए । यस्तै, उनले शिक्षा विधेयकको कुरा गर्दै नीतिगत रूपमा यो विषयलाई मिलाएर शिक्षकहरूलाई न्याय प्रदान गर्नुपर्ने बताए ।
मुख्य समाचारबाट थप समाचार
भारतले हवाईमार्ग बन्द गरेपछि पाकिस्तान एयरलाइन्स समस्यामा
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो
कोशीमा लगानी सम्मेलन, ७१ परियोजना सोकेसिङ
आज विश्वभरका मजदुरहरूको पर्व, अन्तर्राष्ट्रिय श्रमिक दिवस
भारतले हवाईमार्ग बन्द गरेपछि पाकिस्तान एयरलाइन्स समस्यामा
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अमेरिकी डलर, युरो र पाउन्डको भाउ घट्यो
कोशीमा लगानी सम्मेलन, ७१ परियोजना सोकेसिङ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७