काठमाडौं । अब नेपालमा १०० भन्दा माथिका भारतीय नोट राख्न नपाइने भएको छ।
नेपाल राष्ट्र बैंकले नेपालमा १०० भन्दा ठूला दरका भारतीय नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्ध लागेको मंगलबार सूचनामार्फत जानकारी दिएको हो।
भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु ९एक सय वा सोभन्दा कम दरका नोट मात्र० ल्याउन लैजान सकिने जनाउँदै राष्ट्र बैंकले त्योभन्दा बढी भन्सारमा घोषणा गर्नुपर्ने बताएको छ।
भारत भ्रमणका लागि भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने जनाइएको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनी चेन्जरबाट पनि लिन सक्ने सूचनामा जनाइएको छ।
कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।
प्रवासबाट थप समाचार
अफगानिस्तानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु
भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
दुबै सदको संघीय संसद् अन्तर्गत बैठक आज बस्दै
चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
हावा हुरी सहित वर्षाको सम्भावना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८