TRENDING
होमपेज
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासामा


काठमाण्डौ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ल्हासा आइपुग्नुभएको छ । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत् प्रधानमन्त्री प्रचण्ड तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा आइपुग्नु भएको हो ।
प्रधानमन्त्री प्रचण्डलाई सरकारी अधिकारीले ल्हासाको गोङ्गार विमानस्थलमा स्वागत गरेका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ तिब्बत स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले आज बेलुका भेटवार्ता गर्नुहुनेछ ।
तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर ९ताल० एवम् कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ । गएको शनिवारदेखि चीनको औपचारिक भ्रमण थाल्नुभएका प्रचण्ड सेप्टेम्बर ३० तारिख अर्थात् आउँदो शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
बैशाख १०, २०८२
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
चैत्र २२, २०८१
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
चैत्र २२, २०८१
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
बैशाख १५, २०८२
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
बैशाख १५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७