

काठमाडौं । युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको छ।
चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको हो।
पहिलो पटक अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको मंगोलिया बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन गरेको थियो। नेपाली ब्याटरले शाननदार प्रदर्शन गरेपनि मंगोलियन खेलाडी दवावमा आए। फलतः नेपाल टी–२० आइकै कीर्तिमानी स्कोर बनाउन सफल भयो। मंगोलियन खेलाडीले बारम्बार कुशल मल्ल र रोहितको क्याच छाडेका थिए।
तेस्रो नम्बर क्रिजमा आएका कुशलले कीर्तिमानी शतक बनाएका हुन्। कुशलले ५० बलमा एक सय ३७ रन बनाए। कप्तान रोहितले २७ बलमा ६१ रन बनाएर आउट भए। दुई चौका र ६ छक्काको वर्षात गरेका रोहित क्याच आउट भएका हुन्। मल्ल र रोहितले तेस्रो विकेटको लागि एक सय ९३ रनको बलियो साझेदारी गरेका थिए।
यसअघि कुशल मल्लले ३४ बलमा शतक बनाए। उनले ६ चौका र आठ छक्का प्रहार गर्दै एक सय रन पूरा गरेका थिए। कुनै पनि खेलाडीले ३४ बलमा शतक बनाएको पहिलो पटक हो।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७