TRENDING
होमपेज
सरकार र शिक्षक महासंघबीच शुक्रबार पनि वार्ता हुँदै


काठमाडौं । विभिन्न माग राखी असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार पनि वार्ता हुँदैछ। बिहीबारको वार्ताले निकास दिन नसकेपछि आज बिहान ८ बजे पुन वार्ता हुन लागेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जानकारी दिए।
मन्त्री गुरुङका अनुसार महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको हो।
सरकारले सदनमा पेस गरेको शिक्षा विधेयकप्रति असहमति जनाउँदै देशभरका शिक्षकहरु आन्दोलनमा छन्। उनीहरु काठमाडौं आएर आन्दोलन गरिरहेका छन्।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७