

हाङचउ । डर थियो, कतै नेपाली पुरुष भलिबल टोली इरानविरुद्धको खेलमा बुधबार साह्रै नराम्रोसँग पराजित हुने त होइन रु आखिरमा इरान विश्व भलिबलकै सबैभन्दा ठूलो महाशक्ति राष्ट्र हो । एसियामा त इरानको जगजगी चल्छ । अझ इरान पछिल्ला दुई संस्करणको एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण जितेको टिम हो ।
त्यस्तोमा खेलाडीलाई प्रोत्साहित गर्न नेपालका प्रशिक्षक हान अबिङले भनेका थिए, इरानविरुद्ध ८ अंक हात पार्नु नै जितसरह हो । नेपाल त्यही इरानविरुद्ध पराजित त भयो, तर तीनै सेटमा आठभन्दा माथिको अंक जोड्न पनि सफल रह्यो । यी त भए केही हदसम्म भावनात्मक कुरा । यता कोर्टमा नेपाली टिम हाङचउ एसियाली खेलकुदमा लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा सोझो सेटमा हारेको हो ।
नेपालको लिग चरणको अन्तिम खेलमा इरान २५–९, २५–१५, २५–१३ ले विजयी रह्यो । नेपाल यसअघि बहराइनसँग हारेको थियो । यसपल्टको प्रतियोगिता वरीयता निर्धारण गर्नका लागि थप खेल नहुने भएको हुनाले नेपाल लगातार दुई खेल गुमाएर घर फर्कन लागेको हो । प्रतियोगितामा सहभागी कुल टिमलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट दुई टिमले अघिल्लो चरणमा प्रवेश पाउने छन् ।
चाइना टेक्सटाइल कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो । त्यसपछिका दुई सेटमा भने केही बलियो प्रतिद्वन्द्विता पेस गर्न सफल रह्यो । नेपालले दोस्रो सेटमा दुईपल्ट अग्रता लिएता पनि त्यसलाई कायम गर्न सकेको थिएन ।
खेललाई लिएर नेपाली टिमका कप्तान मानबहादुर श्रेष्ठले भने, ‘सबैलाई थाहा छ, इरान कति बलियो टिम हो भनेर । उनीहरूविरुद्ध खेल्न पाउनु पनि खुसीको उपलब्धि हो । यस खेलमा नेपाली टिममा के कस्ता कमजोरी छन् । ती सबै मज्जाले थाहा पाउन सकिने भयो ।’
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७