

काठमाण्डौ । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस अस्कर अवार्ड को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र हल्काराले गर्ने भएको छ ।
नेपालमा रहेको छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट आज सोमवार बसेको बैठकबाट ुहल्काराु लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी हल्कारालाई सिफारिस गर्ने निर्णय गरेका हौँ ।’ उहाँका अनुसार सन् २०२४ मा अमेरिकाको लस एन्जल्समा हुने भनिएको अस्कर अवार्डका लागि नेपालमा रहेका समितिमा चलचित्रहरू डाकिनीु, हल्काराु, नीरफूलु, बुलाकी र बगानु का तर्फबाट सहभागिताका लागि आवेदन परेको थियो ।
मापदण्डअनुसार विसं २०७९ असोज १५ गतेदेखि विसं २०८० भदौ २९ गतेअघिसम्म प्रदर्शन भएका चलचित्रहरू प्रतिस्पर्धामा सहभागी भएका थिए ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७