TRENDING

चिनीमा होलसेलरको सिन्डिकेट, एक महिनामा केजीमै २५ रुपैयाँ मूल्य बढाइयो

काठमाडौं । चिनीका होलसेल बिक्रेताहरूले सिन्डिकेट कायम गरी प्रतिकिलो मूल्य नै १० रुपैयाँ बढाएपछि उपभोक्ता मूल्य पनि सोहीअनुसार वृद्धि भएको छ । केही दिनअघिसम्म प्रतिकिलो १ सय २० रुपैयाँ रहेको चिनीको बजार मूल्य अहिले १ सय ३० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघले जानकारी दिएको छ ।

‘२७ भदौमा चिनीको होलसेल मूल्य प्रतिकिलो १ सय १७ रुपैयाँ थियो, त्यसलाई होलसेलरहरूले १२७ रुपैयाँ पुर्‍याएका छन्,’ संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीले भने । नयाँ होलसेल मूल्य आएपछि चिनीको खुद्रा मूल्य १३० रुपैयाँ हराहारी पुगेको उनले बताए ।