

काठमाडौं । मोरक्कोमा शक्तिशाली भूकम्पले भौतिक संरचनाहरु भत्काउँदा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। २ हजार भन्दा बढी घाइते भएका छन्।
मोरक्कोको आन्तरिक मन्त्रालयका अनुसार १ हजार ४०० भन्दा बढी गम्भीर घाइते भएका छन्। भूकम्पका कारण माराकेशको दक्षिणी प्रान्त सबैभन्दा बढी मानवीय क्षति भएको छ।
भूकम्पका कारण अकल्पनीय जन–धनको क्षतिका बीच राजा मोहम्मद छैठौंले ३ दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्। राजाले बाँचेकाहरूलाई आश्रय, खाना र अन्य मद्दतको आदेश दिएका छन्।
शुक्रबार ६.८ म्याग्निच्युडको भूकम्पले माराकेशसहित अन्य धेरै शहरहरूमा संरचनाहरु भत्किएका छन्। दुर्गम पहाडी क्षेत्रका सबै गाउँ समथल भएका बताइएको छ।
भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर टाढा, दक्षिण(पश्चिमी एटलस पर्वतमा थियो। तर भूकम्पको धक्का करिब ३५० किलोमिट टाढा राजधानी रबात, कासाब्लान्का, अगादिर र एसाउइरामा पनि महसुस गरिएको थियो।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७