TRENDING

एनआरएनएको ११ औं विश्व सम्मेलन ३० असोजदेखि काठमाडौंमा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए को ११ औं विश्व सम्मेलन काठमाडौंमा हुने भएको छ । गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी ३० असोजदेखि ३ कात्तिकसम्म १७ अक्टोबर–२० अक्टोबर, २०२३ काठमाडौंमा आयोजना गरिने भएको हो ।

सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने गैरआवासीय नेपाली संघले जनाएको छ ।
महाधिवेशनमार्फत संघले नयाँ नेतृत्व समेत चयन गर्नेछ । सम्मेलनको तयारी स्वरूप १(३१ जुलाइका बीचमा विश्वका ५९ भन्दा बढी राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु सम्पन्न भएका छन् ।

मुख्य समाचारबाट थप समाचार