

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले सोमबार बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक्षा थिएन । अपेक्षा थियो त नेपालले राम्रो क्रिकेट खेलोस् ।
श्रीलंकाको पल्लेकेलेमा वर्षाले प्रभावित खेलमा भयो त्यस्तै । खेल भारतले १० विकेटले जित्यो, मन चाहिँ नेपालले । खासगरी मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डे लगायतका विश्व स्तरका भारतीय बलरहरुलाई नयाँ ब्याट्सम्यानहरुले जसरी सामना गरे, त्यो तारिफ योग्य छ ।
प्रशिक्षक जगत टमाटा भन्छन्, ‘वल्र्डक्लास टिमसँग राम्रो क्रिकेट खेलोस् भन्ने थियो, उनीहरुले त्यही गरे । नेपालले सोचेभन्दा धेरै राम्रो खेल्यो ।’
टस जितेका भारतका कप्तान रोहित शर्माले नेपाललाई ब्याटिङको निम्तो दिए । अनि फस्ट बलरद्वय मोहम्मद सामी र मोहम्मद सिराजलाई एक अर्को इण्डबाट बलिङ गराए । त्यसका बाबजुद नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले सम्हालिएर ब्याटिङ गरे, पाएको मौकालाई सदुपयोग गर्दै बाउन्ड्री पनि मारे ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७