TRENDING
होमपेज
मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते


काठमाडौ । काठमाण्डौको बसुन्धारामा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
गएराति पौने १ बजे प्रदेश ३ –०२–००६ प ६४०५ नम्बरको मोटरसाइकल बाग्मती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानमा ठोक्किँदा मोटरसाइकलका चालक सङ्खुवासभाको मकालु गाउँपालिका–१ का २७ वर्षका दावा दोर्जे शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बस्ने १९ वर्षकी डोल्मा शेर्पा घाइते हुनुभएको छ । उहाँको ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको छ । भ्यानका चालकलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७