TRENDING

आज देशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाडौ । आज कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि तीन दिन लगातार झरी पर्ने सम्भावना छैन । तर, मनसुनी गतिविधिका कारण केही ठाउँमा दिउँसो पछि हल्कादेखि मध्यम र एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

पानी परेका ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।

मुख्य समाचारबाट थप समाचार