

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से र सबै उपसमूहका सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २९.८१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९६० अंकमा कायम भएको छ । कुल १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ ११, विकास बैंक ५८, फाइनान्स २२, होटल तथा पर्यटन १७०, जलविद्युत् ४७, जीवन बीमा २१९, उत्पादन ४९, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २१२, अन्य १९, व्यापार उपसमूह ३७ अंक घटे । जम्मा ८ कम्पनीको मूल्य बढ्दा २१२ को घट्यो भने ८ को स्थिर रहृयो ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने सिक्लेस हाइड्रोपावरको ५ प्रतिशत बढ्यो ।
लिबर्टी इनर्जी र सिटी होटलको मूल्य भने १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, आईएमई लाइफ इन्स्योरेन्स, सिटी होटल, माछापुच्छ्रे बैंक र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७