काठमाडौँ । सर्वसाधारणको सवा ४ करोड खातामा रहेको करिब १२ खर्ब ३३ अर्ब रुपैयाँ बराबर निक्षेपको बिमा सुरक्षण भएको छ । व्यक्तिगत प्राकृतिक व्यक्ति खातामा रहेको निक्षेपको प्रतिखाता न्यूनतम ५ लाख रुपैयाँ बिमा गर्नुपर्ने प्रावधानअनुसार गत असारसम्म १२ खर्ब ३२ अर्ब ९५ करोड रुपैयाँ बिमा भएको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको यो रकम करिब साढे ३ खर्ब रुपैयाँले बढी हो । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्था निर्धन उत्थान र छिमेक गरी ५६ वटा संस्थामा रहेको व्यक्तिगत खाताको रकम बिमा भएको हो ।
अघिल्लो आर्थिक वर्षमा ६२ वटा वित्तीय संस्थाको ३ करोड ६१ लाख ४३ हजारवटा खातामा रहेको ८ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेपको बिमा भएको थियो । गत वर्षदेखि सरकारले व्यक्तिगत खातामा रहेको ५ लाख रुपैयाँसम्म निक्षेपको बिमा हुने व्यवस्था निर्णय गरेको थियो । त्यसअघि यस्ता प्रतिखाता ३ लाख रुपैयाँको मात्र बिमा हुने व्यवस्था थियो ।
बैङ्किङ्गबाट थप समाचार
ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ साक्षरता कार्यक्रम
एभरेष्ट बैंकको नाफा बढ्यो
वैशाख महिनाको लागि धेरै बैंकहरुले ब्याजदर घटाए
सेयर बजारसहित बैंक तथा वित्तीय संस्था आज बन्द हुने
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८