

एजेन्सी । रुसको विमानस्थलमा ड्रोन आक्रमणकाठमाण्डौँ । रुसको उत्तर पश्चिमी सहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको बताइएको छ । रुसका स्थानीय सञ्चार माध्यमले सो कुरा बताएका छन् ।
स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको बताएका छन् । गभर्नरले एक भिडियो सेयर गरेका छन्, जसमा विस्फोटको आवाज सुन्न सकिन्छ भने आगलागी भइरहेको देख्न सकिन्छ ।
रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको समाचार बाहिरिएको छ । बीबीसीले भने यो रिपोर्ट पुष्टि गर्न नसकेको बताएको छ ।
रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुई वटा विमानमा आगो लागेको छ । पेस्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको बताए । पेस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको नजिक छ ।
युक्रेनले यस हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन । युक्रेनले विगतमा रुसभित्र भएका आक्रमणबारे विरलै प्रतिक्रिया दिने गरेको छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७