

काठमाडौं। मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ ।
समाचार अनुसार गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुनेछ । अर्थात् जो प्रयोगकर्ताको स्मार्टफोनमा यसअघि नै मेसेन्जर लाइट एप डाउनलोड भैसकेको छ उनीहरुका लागि समेत सेप्टेम्बर १८ देखि एन्ड्रोइडले सपोर्ट बन्द गर्नेछ भने सेप्टेम्बर २८ देखि मेसेज आदानप्रदान नै रोक्नेछ ।
फेसबुकले सन् २०१६ मा मेसेन्जर लाइट एप ल्याएको थियो । यो एप प्रयोगकर्तामाझ निकै लोकप्रिय पनि थियो । डिभाइसको स्टोरेज कम ओगट्ने तथा डाटा खपत पनि कम गर्ने यो एप आइओएसमा भने सन् २०२० मै बन्द गरिएको थियो ।
मेसेन्जर लाइटलाई विश्वभरका ७६करोड मानिसले डाउनलोड गरेका थिए । यसका सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा थिए भने दोश्रोमा ब्राजिल र तेश्रोमा इण्डोनेसिया थियो ।
शिक्षाबाट थप समाचार
एसईईको सबै तयारी सकियो
स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याइने
नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७