TRENDING

धादिङबेसी रुवी भ्याली जोड्ने सडक दुई सातादेखि अवरुद्ध

धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवी भ्याली पुग्ने मुख्य गन्तव्य पहिराले अवरुद्ध भएको छ । सदरमुकाम धादिङबेसीबाट खनियाबास गाउँपालिका हुँदै रुवी भ्याली पुग्ने सडक पैदल हिंड्न समेत नसक्ने गरी अवरुद्ध भएको हो ।

खनियाबास गाउँपालिका(१ को पेर्चागाउँ र लिस्ने खोलाको बीचमा पर्ने म्लिम्लीगङ ९जुगाडाँडा० भन्ने ठाउँमा पहिरो खसेको हो । सडकभन्दा माथिबाट झरेको पहिराले सडक नै बगाएको स्थानीय शिक्षक दामन तामाङले जानकारी दिए । अहिले अवरुद्ध भएको स्थानमा करिब १२ वर्षअघि पनि पहिरो खसेको थियो । फेरि उही स्थानमा खसेको पहिरोले स्थानीयवासीको खेतसमेत पुरेको छ ।

पहिलो पटकको पहिराले भासिएको जमिन पुनः पहिरा जाँदा बग्न थालेपछि छापचेत गाउँ पनि जोखिममा परेको छ । पहिरोले बिजुलीको खम्बाहरु ढलेका छन् । आँखु खोला किनारबाट सुरु भएको पहिरो सडकबाट करिब ७० मिटर माथि पुगेको छ । त्यसभन्दा केही माथी रहेको छापचेतका ४५ घर जोखिममा परेको स्थानीय एलिया तामाङले बताउनुभयो ।

‘पहिलाको पहिरो रोकियो भन्नेमा ढुक्क थियौं, यसपालि झन् ठूलो पहिरो झर्‍यो’, एलियाले भने, ‘तत्काल पहिरो रोकथामतिर नलाग्ने हो भने बस्तीसम्म पहिरो पुग्ने र गाउँ नै तानिने जोखिम छ ।’

पानी नपरेको बेला रुवीभ्यालीतर्फ आउजाउ गर्नेहरु जोखिममा परेका छन् । एलियाले भने, ‘बलियो मान्छेहरु जोखिम मोलेरै दौडेर आउने जाने गर्छन् । भारी बोकेर हिँड्नेहरुले भने प्लेङयर्तोङ ९गोलो ढुङ्गा०को बाटो हुँदै हिँड्नु पर्ने बाध्यता छ ।’

रुवीभ्यालीको बोराङ, सेर्तुङ, तिप्लिङ, लापाका स्थानीय आउजाउ गर्ने मुख्य सडक हो । बर्खाको बेला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदीसम्म एउटा गाडी र किन्ताङ खोला तरेपछि अर्को गाडीमा खनियाबास–४ तरम्हानेसम्म पुगेर पैदल सुरु गर्ने यात्रुलाई म्लिल्मीगङको पहिरोले थप समस्या पारेको छ ।

मुख्य समाचारबाट थप समाचार