TRENDING
होमपेज
भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ८ को मृत्यु


भारत । भारतको तमिलनाडुको मदुरै रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री रेलबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए ।
यी तीर्थयात्रीहरू शनिवार बिहान मदुरै पुगेका थिए । उनीहरुले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए । यो रेल मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर टाढा थियो ।
एक प्रत्यक्षदर्शीले बीबीसीको तमिल सेवालाई केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको बताए । अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव बरामद गरिएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७