TRENDING

काठमाडौं महानगरले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ६–१० का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गत वर्ष कक्षा ८ सम्म दिंदै आएको महानगरले यो वर्ष बढाएर कक्षा १० सम्म दिने भएको हो ।

संघीय सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँ कक्षा ६ सम्म दिंदै आइरहेकोमा काठमाडौं महानगरले गत वर्ष १० रुपैयाँ थप गरेर २५ बनाएको थियो । साथै, कक्षा ७ र ८ लाई पनि महानगरले दिवा खाजा दिँदै आइरहेको थियो ।

यो वर्ष अर्थमन्त्रालयले कक्षा ५ सम्मकालाई मात्रै दिवा खाजा रकम छुट्याएको छ । त्यसमा महानगरले कक्षा ५ सम्मकालाई संघीय सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरले १५ रुपैयाँ थप गर्दै ३० पुर्‍याएको छ भने कक्षा ६–१० लाई पनि दिवा खाजा दिने निर्णय गरेको छ ।

मुख्य समाचारबाट थप समाचार