

बेइजिङ । चीनले बेरोजगारीको तथ्यांक प्रकाशन गर्न रोक लगाएको छ । हरेक महिना सार्वजनिक हुने यस्तो तथ्यांकले पछिल्लो समय रेकर्ड कायम गर्न थालेपछि रोक लगाइएको हो । गत जुनमा प्रकाशित तथ्यांकअनुसार चीनका सहरी क्षेत्रमा १६ देखि २४ उमेर समूहका युवामध्ये २१।३ प्रतिशत रोजगारविहीन रहेको सार्वजनिक भएको थियो ।
चीनमा उक्त उमेर समूहमा बेरोजगारीको यो तथ्यांक हालसम्मकै उच्च हो । त्यसैले चीनको राष्ट्रिय तथ्यांक विभाग एनबीएसले मंगलबार अर्थतन्त्रका सूचकहरूको मासिक स्थिति सार्वजनिक गरे पनि उक्त उमेर समूहको बेरोजगारीको तथ्यांक प्रकाशन नहुने घोषणा गरेको छ ।
चिनियाँ सरकारका एक प्रवक्ताले देशको अर्थतन्त्र र समाजमा आइरहेको परिवर्तनका कारण तथ्यांक प्रकाशनमा निर्णय गरिएको बताएका छन् । विश्लेषकहरूले पनि देशको अर्थतन्त्रमा आइरहेको समस्याको एउटा संकेतको रूपमा बेरोजगारीको तथ्यांकलाई देखाउँदै आएका थिए ।
तथ्यांक विभागका प्रवक्ता फु लिङहुइले हालको तथ्यांकमा सुधारको आवश्यकता भएकाले सार्वजनिक नगरेको बताएका छन् । १६ देखि २४ उमेर समूहका व्यक्तिको संख्या पछिल्ला वर्षमा बढेको तर उनीहरू रोजगारी खोज्नुभन्दा पढाइतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।
‘पढाइ सक्नुभन्दा अघि रोजगारी खोजिरहेका व्यक्तिलाई यो तथ्यांकमा सहभागी गराउनेरनगराउने भन्ने विषयमा फरक मत छन् । त्यसैले यसमा थप अध्ययनको आवश्यकता छ,’ उनले भने । उनले हाल रोजगारी खोजिरहेकाहरूले धेरैभन्दा धेरै समय विद्यालय तथा कलेजमै बिताउनुपर्नेमा पनि जोड दिए । विभागले बेरोजगारीको तथ्यांक तयार गर्ने प्रणालीबारे गहन अध्ययन सञ्चालन गर्ने र उक्त प्रक्रिया सकिएपछि पुनः तथ्यांक प्रकाशन गर्ने जनाएको छ । प्रवक्ता फुले कहिलेदेखि तथ्यांक पुनः प्रकाशनको समय भने स्पष्ट पारेका छैनन् ।
विभागका अनुसार चीनमा गत अप्रिलमा १६ देखि २४ उमेर समूहका २०।४ र मेमा २०।८ प्रतिशत युवा बेरोजगार थिए । यस्तै, यस वर्ष अध्ययन सकेका १ करोडभन्दा बढीले रोजगारी खोजिरहेको पनि तथ्यांक छ । मंगलबार प्रकाशित तथ्यांकअनुसार गत जुलाईमा कुल बेरोजगारी दर बढेर ५।३ प्रतिशत पुगेको छ ।
बेरोजगारीको तथ्यांक सार्वजनिक नगर्ने सरकारी निर्णय त्यहाँको सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएको छ । ‘उनीहरू वास्तवमा के भन्न चाहिरहेका छन् रु अहिलेको तथ्यांक डरलाग्दो छ, त्यसैले यसलाई नहेरौं भन्ने हो रु’ चिनियाँ सामाजिक सञ्जाल विबोमा सरकारको निर्णयविरुद्ध आएको कमेन्ट हो, यो । चीनले सन् २०१८ मा उक्त उमेर समूहको बेरोजगारीको तथ्यांक प्रकाशित गर्न थालेको थियो । यद्यपि, विभागले ग्रामीण क्षेत्रको युवाको रोजगारीको स्थितिबारे हालसम्म तथ्यांक सार्वजनिक गरेको छैन ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७