काठमाडौँ । प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिताअन्तर्गत सम्पन्न एथलेटिक्सतर्फ मध्य पूर्वी पृतना अब्बल सावित भएको छ ।
पुरुष लङ्गजम्पतर्फ मध्यपूर्वी पृतनाका सरोज श्रेष्ठ ६ दशमलव ४६ मिटर दूरीका साथ पहिलो हुनुभयो । सो स्पर्धामा पूर्वी पृतनाका विमल कुँवर ६ दशमलव १८ मिटरका साथ दोस्रो तथा सुदूरपश्चिम पृतनाका उत्तम शाही ६ दशमलव १३ मिटर दूरीका साथ तेस्रो हुनुभयो ।
महिला लङगजम्पतर्फ १६ नम्बर बाहिनी अड्डाकी विमला चौधरी ४ दशमलव ४४ मिटर दूरीका साथ पहिलो, पूर्वी पृतनाकी मनिषा चौधरी ४ दशमलव ३४ मिटर दूरीसहित दोस्रो तथा मध्य पृतनाकी कमला चन्द ४ दशमलव ३२ मिटर दूरीका साथ तेस्रो हुनुभयो ।
पुरुष ज्याभलिङ थ्रोतर्फ मध्य पूर्वी पृतनाका रामकाजी थापा ५४ दशमलव ०४ मिटर दूरीका साथ पहिलो, पूर्वी पृतनाका च्याम्फा लामा ५० दशमलव १७ मिटर दूरीसहित दोस्रो तथा मध्य पृतनाका केशव मगर ४८ दशमलव ८८ मिटर दूरीका साथ तेस्रो हुनुभयो । महिला ज्याभलिङ थ्रोतर्फ मध्य पृतनाकी संगिता न्यौपाने ३६ दशमलव ८३ मिटर दूरीसहित पहिलो, पूर्वी पृतनाकी सीता भारती ३३ दशमलव ९८ दूरीका साथ दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाकी अञ्जु डगौरा ३० दशमलव ५७ मिटरका साथ तेस्रो हुनुभयो ।
यस्तै पुरुष एक हजार ५०० मिटर दौडतर्फ उपत्यका पृतनाका केशव आचार्य पहिलो हुनुभयो । उहाँले सो दूरी चार मिनेट १६ दशमलव ७६ सेकेण्डमा पूरा गर्नुभयो । सोही स्पर्धामा मध्य पश्चिम पृतनाका सुभाष कार्की चार मिनेट १७ दशमलव १६ सकेण्डमा दूरी पार गर्दै दोस्रो तथा सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पाल चार मिनेट १७ दशमलव ४७ सेकेण्डमा पार गर्दै तृतीय हुनुभयो ।
यस्तै महिला एक हजार ५०० मिटर दौडतर्फ पूर्वी पृतनाकी रेखा लिम्बुले पाँच मिनेट ०८ दशमलव ८२ सेकेण्डमा दूरी पार गर्दै पहिलो, उपत्यका पृतनाकी गीता विकले पाँच मिनेट ०८ दशमलव ८९ सेकण्डमा पूरा गर्दै दोस्रो तथा १६ नम्बर बाहिनी अड्डाकी राधिका श्रेष्ठ सो दूरी पाँच मिनेट ०९ दशमलव २९ सकेण्डमा पूरा गर्दै तेस्रो हुनुभयो ।
स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि सञ्चालन भएको हो । सो प्रतियोगिता आगामी माघ २ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाली सेनाको १५ टोलीको सहभागिता रहेको छ । सेनाले विसं २०६५ देखि प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ ।
खेलकुदबाट थप समाचार
वेस्ट इन्डिज एु ले टस जित्यो, नेपाललाई बलिङको निम्तो
आईपीएल क्रिकेटमा आज लखनउ र मुम्बई खेल्दै
नेपालले दोस्रो टी २० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दै
नेपाली बास्केटबल टोली चीन जाने
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्तानलाई संस्कार कि सम्पत्ति
इडिभीको नतिजा प्रकाशित
देशको पहाडी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना
नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
जेठ २६ मा नेपाल पत्रकार महासंघको चुनाव हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८