TRENDING
होमपेज
भारतको सिमलामा पहिरो, झण्डै ५० जना भक्तजन पुरिए


एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको सिमलामा शिव मन्दिरमा पूजा गर्न गएका झण्डै ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । नौ जनाको शव भेटिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका बेला मन्दिरमाथिबाट आएको पहिरो खसेको हो । पहिरोले मन्दिर पनि ढलेको खबरमा उल्लेख छ ।
पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धार तथा खोजी कार्य भइरहेको छ । भीषण वर्षाका कारण हिमाञ्चल प्रदेशमा पहिरोले सडकहरु बगाएको छ भने सयौँ गाडीहरु बाटोमा अलपत्र परेका छन् । हिमाञ्चलकै सोनलमा भीषण वर्षा हुँदा सात जनाको ज्यान गएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७