TRENDING
होमपेज
सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए


काठमाडौ । सप्तकोशी नदीमा जलसतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार सोमबार बिहान १ बजे कोशी ब्यारेजको सबै ढोका खोलिएको हो।
दिउँसोसम्म २३ वटा ढोका खोलिएपनि राति नदीमा जलसतह ३४ वर्षयताकै बढी मापन भएपछि सबै ढोका खोलिएको प्रजिअ पाण्डेले बताइन्।
उनका अनुसार सप्तकोशीमा पानीको बहाब ४ लाख ४० हजार क्यूसेक पुगेको थियो। सप्तकोशी ३४ वर्षपछि उच्च तहमा पुगेको हो।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७