TRENDING
होमपेज
पृथ्वी राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा


तनहुँ । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा पहिरो खस्दा आज आइतबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको थियो।
केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडकखण्डमा पहिरो खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरो हटाएर आवागमन सञ्चालन गरिएको उनले बताए।
जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरो पन्छाइएको खाँणले बताए।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७