

काठमाण्डौ । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटीु कम भएपछि केही उडान डाइभर्टु भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटीु कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतको नयाँ दिल्लीबाट आएको एअर इन्डियाको जहाज बनारस डाइभर्टु भएको छ भने चीनको तियान्फूबाट आएका एअर चाइना र सिचुआन एअरलाइन्सका जहाज उतै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उहाँले जानकारी दिनुभयो ।
विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाण्डौबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाण्डौ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको छ । यस्तै बुद्ध एअरको काठमाण्डौ–पोखरा रुटका तीन वटा र बुद्ध एअरकै काठमाण्डौ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७