

मकवानपुर । हेटौँडाबाट काठमाण्डौ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा भैँसेभीमफेदी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको हो ।
भीमफेदी–२ भैँसे बजारबाट दुई किलोमिटरको दूरीमा पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ भालुडाँडामा रहेको कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी–९ लामीडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।
अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताउनुभयो । त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका(११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा(काठमाण्डौ जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७