TRENDING

मेसीको लगातार पाँचौ खेलमा गोल, इन्टर मायमी सेमिफाइनलमा

एजेन्सी । इन्टर मायमी अमेरिकाको लिग्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज चार्लोट एफसीमाथि ४(० को जित सहित मायमी अन्तिम चारमा पुगेको हो।

मायमीका लागि जोसेफ मार्टिनेजले १२ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे। रोबर्ट टेलरले ३२ मिनेटमा अग्रता दोब्बर पारे।

चार्लोटका अडिल्सन मलान्डाले ७८ मिनेटमा आत्मघाती गोल गर्दा मायमीको अग्रता ३(० गोलमा पुग्यो।

मायमीका लागि लिओनल मेसीले ८६ मिनेटमा चौथो गोल गरेका थिए। मेसीले मायमीका लागि लगातार पाँच खेलमा गोल गर्न सफल भए। उनले पाँच खेलमा आठ गोल गरिसकेका छन्।

अब मायमीले फाइनल प्रवेशका लागि फिलाडेल्फियासँग खेल्नेछ।